बिहान ३ वटा ट््याङ्करले कीटनाशक औषधि छर्किए, दिउँसो १० वटा बढी ट््याङ्कर परिचालन गर्दै काठमाडौँ महानगरपालिक – Himalayan Dainik

बिहान ३ वटा ट््याङ्करले कीटनाशक औषधि छर्किए, दिउँसो १० वटा बढी ट््याङ्कर परिचालन गर्दै काठमाडौँ महानगरपालिक


बिहान ३ वटा ट््याङ्करले कीटनाशक औषधि छर्किए, दिउँसो १० वटा बढी ट््याङ्कर परिचालन गर्दै काठमाडौँ महानगरपालिक

काठमाडौं, १३ चैत – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ । हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।