दुई दिनमा ५ हेलिकोप्टर उडानमा १७ विदेशीको उद्धार – Himalayan Dainik

दुई दिनमा ५ हेलिकोप्टर उडानमा १७ विदेशीको उद्धार


दुई दिनमा ५ हेलिकोप्टर उडानमा १७ विदेशीको उद्धार

काठमाडौं,१३ चैत –सगरमाथा  क्षेत्रमा अलपत्र परेको १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बुधबार र बिहीबार गरी १७ विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको  वायुसेवा अपरेटर संघका प्रवक्ता योगेन्द्रराज कँडेलले जानकारी दिए।

बुधबार पाङबोचे र कोथेबाट  एयर डाइनेष्टीले दुई वटा उडानमार्फत् १० विदेशीको उद्धार गरेको उनले जानकारी दिए। खाना नपाएर विरामी भएका विदेशीलाई सरोकारवाला निकायको सहमतिमा उद्धार गरिएको उनको भनाइ छ।

यसैगरी बिहीबार पनि  ७ विदेशीको उद्धार गरिने तालिका रहेकोमा अहिलेसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट ५ जनाको उद्धार भइसकेको र एयर डाइनेष्टीको दुई वटा उडानबाट एक÷एक जना गरी दुइ पर्यटकलाई काठमाडौं ल्याइँदै गरिएको कँडेलले जानकारी दिए।