लकडाउनमा कोरोनाभाइरस मुक्त बनाउन का.महानगरमा कीटनाशक औषधि छर्कन सुरु – Himalayan Dainik

लकडाउनमा कोरोनाभाइरस मुक्त बनाउन का.महानगरमा कीटनाशक औषधि छर्कन सुरु


लकडाउनमा कोरोनाभाइरस मुक्त बनाउन  का.महानगरमा कीटनाशक औषधि छर्कन सुरु

काठमाडौं,१२ चैत – विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन काठमाडौ महानगरपालिकाले सडक सफाइको अलावा कीटनाशक औषधि छर्कने अभियान शुरु गरेको छ।

लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले बुधवारबाट महानगर क्षेत्रभित्र अस्पतालसहितका सार्वजनिक स्थानलाई डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको हो।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले १ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएको बताएका छन्। यस कार्यमा आज बुधवार ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएको पनि मेयर शाक्यको भनाई छ।

‘महानगवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य भइरहेको छ।’ जनजीवन व्यवस्थापनका बिषयमा कुरा गर्दै मेयर शाक्यले भने— ‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सतर्कता र संयमता अपनाउनु पर्छ । कोही भोको पर्दैन, कोही भोकले मर्दैन हामीले यसअघिको सामान्य अवस्थामा पनि सञ्चालन गरेको अभियान हो । यस जोखिमपूर्ण परिस्थितिमा आपतमा परेकालाई हाम्रो साथ रहन्छ ।’

मेयर शाक्यले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खवर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताएका छन् । संक्रमण व्यवस्थापन गर्न नियमित र सक्रियतापूर्वक काम गर्ने मेयर शाक्यको जिकिर रहेको छ । Photo_ChandraMani/KMC