सङ्क्रमित युवक सात दिन काठमाडौंको होटलमा: ट्याक्सी देखि सार्वजनिक यातायातमा यात्रा – Himalayan Dainik

सङ्क्रमित युवक सात दिन काठमाडौंको होटलमा: ट्याक्सी देखि सार्वजनिक यातायातमा यात्रा


सङ्क्रमित युवक सात दिन काठमाडौंको होटलमा: ट्याक्सी देखि सार्वजनिक यातायातमा यात्रा
काठमाडौँ ,१३ चैत – कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको जनाइएको छ। काठमाडौं आएपछि ७ दिन होटेलमा बसेका उनीमा आजमात्र कोरोना संक्रमण पुष्टि भएको हो । ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि योबीचमा उनको सम्पर्कमा रहेका व्यक्तिहरु समेत जोखिममा परेका छन्।

चैत ६ गते दुबईबाट फर्केर काठमाडौँको होटलमा बसेका उनी ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। परीक्षण पश्चात पनि उनि होटलमै बसेको खुलेको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि उनले अस्पताल र होटलसम्म उपचार र परीक्षण गर्न जाँदा ट्याक्सीसहितका सार्वजनिक सवारी प्रयोग हरेको समेत बताएको जनाइएको छ ।

उनी चढेका ती ट्याक्सीसहितका सार्वजनिक सवारीका साधनबाट पनि धेरै सर्वसाधारण समेतमा यसको प्रभाव पर्नसक्ने देखिएको छ । सरकारी निकायले उनी बस्दै आएको होटेलको नाम खुलाएका छैनन् तर अब गर्नुपर्ने सबै सावधानीका उपायहरु अबलम्बन गरिने जनाइएको छ।

मंगलबार राति कोरोना परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।