दैनिक उपभोग्य सामग्री पाउनु भएन ? ११३७ मा फोन गर्नुस्, सरकारले नै ल्याईदिन्छ घरमा – Himalayan Dainik

दैनिक उपभोग्य सामग्री पाउनु भएन ? ११३७ मा फोन गर्नुस्, सरकारले नै ल्याईदिन्छ घरमा


दैनिक उपभोग्य सामग्री पाउनु भएन ? ११३७ मा फोन गर्नुस्, सरकारले नै ल्याईदिन्छ घरमा

काठमाडौँ, ११ चैत –  सरकारले अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने र आवश्यक परे सरकारले नै घरघरमा डेलिभर गर्ने बताएको छ। उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न समेत सबैमा आग्रह गरेका छन् ।

उपभोग्य सामग्रीका लागि जनतले सास्ती भोग्न नपर्ने समेत मन्त्री भट्टले बताए । नजिकको प्रहरी बिटको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिने समेत उनले जानकारी दिए । आफ्नो घर र डेरानजिक पसल नखुले प्रहरीको सहयोगमा पसलबारे जानकारी लिनसमेत उनले आग्रह गरेका छन्। सामान किन्न भीड नगरिकन जानुपर्ने समेत उनले बताए। उनले लकडाउनको समयमा खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द नगर्न नभनिएको जानकारी दिए ।