कतार एयरवेजको फ्लाइट नम्बर ६५२ मा २०५ यात्रु थिए कोरोना देखिएकी युवतीका साथमा – Himalayan Dainik

कतार एयरवेजको फ्लाइट नम्बर ६५२ मा २०५ यात्रु थिए कोरोना देखिएकी युवतीका साथमा


कतार एयरवेजको फ्लाइट नम्बर ६५२ मा २०५ यात्रु थिए कोरोना देखिएकी युवतीका साथमा

काठमाडौं,१० चैत – फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती चढेको कतार एयरवेजको जहाजमा २ सय ५ यात्रु भएको पाइएको छ। अध्यागमन कार्यालयले नेपाल नागरिक उड्डयन कार्यालयलाई दिएको सूचनामा कतार एयरवेजको फ्लाइट नम्बर ६५२ को जहाजमार्फत् ती युवती अवतरण गरेको र उनका साथमा २ सय ५ यात्रु प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। तर सो जहाजमा कुन देशका कति यात्रु थिए भन्ने खुलाइएको छैन।

चैत ४ मा ती युवती सवार जहाज बिहान साढे १० बजे काठमाडौं विमानस्थलमा अवतरण भएको थियो। त्यसैदिन बेलुका ६ बजे र राती १ बजे पनि कतार एयरवेजको जहाज काठमाडौं अवतरण भएको थियो।

६ बजे अवतरण भएको कतारकै फ्लाइट नम्बर ६५० मा १ सय ६ जना र राती १ बजे अवतरण भएको फ्लाइट नम्बर ६४४ को जहाजमा १ सय ५३ यात्रु थिए। हालसम्म पनि कतार एयरवेजले विदेशबाट नेपाली यात्रु ल्याउन नपाउने भए पनि खाली जहाज उडान गरिरहेको छ। नेपालबाट कतार फर्कँदा भने राम्रै यात्रु पाएको छ।

सोमबार (आज) मात्र पनि कतारले २ उडान तथा अवतरण गर्नेछ। एक उडान र एक अवतरण भइसकेको छ भने बेलुका एक उडान र एक अवतरण हुनेछ।