आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने – Himalayan Dainik

आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने


आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

काठमाडौँ, १० चैत – सरकारले सोमबारदेखि काठमाडौँ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सकारले लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ ।

सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाडौँ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहोर गर्न पाइने भए पनि काठमाडौँ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूधलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने छन् ।