चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय – Himalayan Dainik

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ,९ चैत  — सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः राजन काफ्ले/ प्रधानमन्त्रीकाे सचिवालय कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ। मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केहीपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।