आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने – Himalayan Dainik

आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने


आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने

काठमाडौं, ७ चैत  आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको समेत सहभागिता रहने छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्सको उदेश्य कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदान गर्न लक्षित रहेको छ  ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक  मेडिकल सामग्रीको सहयोग माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार समेत  गरिसकेको छ। कुन-कुन सामानको आवश्यकता  छ भन्ने विषयको लिस्ट समेत तयारी अवस्थामा रहेको छ।

चीन सरकारले यस अघि नै आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको आवश्यक सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरिसकेको छ ।