भारतमा चारजना बलात्कारीलाई मृत्युदण्ड – Himalayan Dainik

भारतमा चारजना बलात्कारीलाई मृत्युदण्ड


भारतमा चारजना बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी भारत,७ चैत – भारतमा चार जना युवालाई फाँसीको सजाय दिइएको छ । सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि सामूहिक बलात्कार पछि हत्याको अभियोगमा अदालतले दोषी ठहर गरेका अजय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनीहरुलाई उच्च सुरक्षासहित राखिएको तिहाड जेलमा झुण्ड्याइएको भारतीय सञ्चामध्यमहरुले जनाएका छन् । यसअघि पाँच वर्ष पहिले पनि भारतमा  घटनाका दोषीलाई मृत्युदण्ड दिइएको थियो सन् २०१२ डिसेम्बर १६ मा आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षिय छात्रा निर्भयालाई ६ जनाले सामुहिक बलात्कार गरेको एक दिनपछि उनको मृत्यु भएको थियो ।

यो घटनासँगै भएको लामो विरोध प्रदर्शन र आन्दोलनपछि भारतमा बलात्कारविरुद्ध नयाँ कानुन बनेको हो । घटनालगत्तै पक्राउ परेका ६ जनामध्ये राम सिंह सन् २०१३ को मार्चमा हिरासतमै मृत फेला परेका थिए । अर्का एक जना घटना भएको बेला १७ वर्ष मात्र पुगेकाले तीन वर्ष सुधार गृहमा बसेर रिहा भइसकेका छन् । केही महिनाअघि चारै जना अपराधीलाई मृत्युदण्डको सजाय कम गरी आजीवन काराबासको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो ।

तर अदालतले उक्त निवेदन खारेज गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको हो । पीडितहरुले अदालतको फैसलाले आफूहरुले न्याय पाएको बताएका छन् ।