दस फिल्मको रिलिज रोकियो – Himalayan Dainik

दस फिल्मको रिलिज रोकियो


दस फिल्मको रिलिज रोकियो

काठमाडौँ, ६ चैत – सरकारले डेढ महिना फिल्म हल बन्द गरेपछि यसको तत्कालिन असर रिलिज मुखैमा रहेका दस फिल्मलाई परेको छ । यी फिल्म धकेलिएर पछाडि जाँदा रिलिज क्यालेन्डरमा पर्ने असर त छँदैछ ।

म यस्तो गीत गाउँछु २, नीरफूल, प्रेमगीत ३, चपली हाइट ३, बद्रीबहादुर, माइकल अधिकारी, लक्का जवान, हिजो आजका कुरा, हिरो रिटन्र्स र लप्पन छप्पन २ रिलिज स्थगित गर्न बाध्य भएका हुन् ।

कोरोना भाइरसबाट जोगिन भन्दै सरकारले बैशाख १८ गतेसम्म फिल्म हल बन्द गरेको छ । दर्जन फिल्मको सुटिङ रोकिएको छ र धेरैले धकेलेका छन् । यसले गर्दा नेपाल रिलिज हुने विदेशी फिल्मको क्यालेन्डरसमेत प्रभावित हुने अनुमान छ ।