काठमाडौँका पाँच स्थानमा सुपथ मूल्य पसल – Himalayan Dainik

काठमाडौँका पाँच स्थानमा सुपथ मूल्य पसल


काठमाडौँका पाँच स्थानमा सुपथ मूल्य पसल

काठमाडौँ, ६ चैत – सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भोलीदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने बताएका हुन ।

मन्त्री भट्टका अनुसार  सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइन्छ । करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी रहेको मन्त्री भट्टले बताए ।

उनले ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै अब छिटै हल हुने जानकारी दिए ।