टेलिकमले पूरा गरेयो गगन थापाको सुझावलाई – Himalayan Dainik

टेलिकमले पूरा गरेयो गगन थापाको सुझावलाई


टेलिकमले पूरा गरेयो  गगन थापाको सुझावलाई

काठमाडौं,६ चैत – नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

पूर्व स्वास्थ्य मन्त्री एबम युवा नेता गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालयमा गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलकरिंगब्याक टोनमा( CRBT) राखिदिन अनुरोध गर्नु भएको थियो ।

सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ, आज आफ्नो सामाजिक संजाल मार्फत तत्काल शुरूगर्ने वचन आजको दिन देखि सुरु भएकोमा धन्यबाद दिनु भएको छ ।

कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न  सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ