भारतका एक राज्यमन्त्री क्वारेन्टाइनमा – Himalayan Dainik

भारतका एक राज्यमन्त्री क्वारेन्टाइनमा


भारतका एक राज्यमन्त्री क्वारेन्टाइनमा

एजेन्सी, ५ चैत्र – महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्। केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।

उक्त सम्मेलनमा एक कोरोना भाइरस संक्रमित डाक्टर पनि सहभागी भएको पुष्टि भएपछि उनले आफूलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बसेका हुन् । घरमै क्वारेन्टाइनमा बसेका उनले कोरोनाको परीक्षण गराए पनि उनको रिपोर्ट आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने १ सय ४३ भन्दा बढी संक्रमित रहेको जनाइएको छ ।