सिरहामा घरको छत बाट खसेर बालकको मृत्युु – Himalayan Dainik

सिरहामा घरको छत बाट खसेर बालकको मृत्युु


सिरहामा घरको छत बाट खसेर बालकको मृत्युु
 महेश सिंह सिरहा ३ चैत – सिरहाको अर्न गाउँ पालिकामा १ मा आफनै घरको छत बाट खसेर एक जना  बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका १ बस्ने मोहमद वारिद अन्सारीको ५ वर्षिय छोरा मो. रेहान अन्सारीको मृत्यु भएको छ ।
अन्सारी आफनै घरको छ्तमा खेल्दै गरेको अबस्थामा अचानक छतबाट तल भुईमा खसेको थियो । बालकको टाउको पुरै फ्याक्चर भएको छ । उपचारको लागी लहान अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भई सकेको थियो बने लहान अस्पतालको ईमेजेन्सि वार्डमा बस्ने डाक्टरले जानकारी दिनु भयो ।
सबलाई पोस्ट म्याटमको लागी लहान अस्पतालको सब गृहमा राखीएको थियो भने पोस्ट म्याटम पछाडि सब परिवाजनलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार थापा क्षेत्रीले बताए ।