भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य चाँडो ठीक होस’ – Himalayan Dainik

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य चाँडो ठीक होस’


भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य चाँडो ठीक होस’

काठमाडौं, २ चैत–१२ दिन अघिमात्रै मिगौला प्रत्यारोपण गर्नुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद ज्ञापन गर्नुभएको छ । कोरोना भाइरसविरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुको भिडिओ कन्फ्रेन्समा सहभागि हुनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको शुरुमै स्वास्थय लाभको कामना गर्नुहुँदै चाँडो निको हुनुहोस भन्ने कामना व्यक्त गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकमा विश्व जनसंख्याको ५ भागको १ भाग जनसंख्या रहेको र यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेकाले जोखिमको सम्भावना अधिक रहेको बताउनुभयो ।