स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस – Himalayan Dainik

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस


स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस

एजेन्सी, ३  चैत – स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ । स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो ।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।