मिर्गौला प्रत्यारोपणपछि बालुवाटारमा प्रधानमन्त्रीको बढ्यो सक्रियता – Himalayan Dainik

मिर्गौला प्रत्यारोपणपछि बालुवाटारमा प्रधानमन्त्रीको बढ्यो सक्रियता


मिर्गौला प्रत्यारोपणपछि बालुवाटारमा प्रधानमन्त्रीको बढ्यो सक्रियता

काठमाडौं, १ चैत – प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट फर्किएर सक्रिय हुन थाल्नु भएको छ । उहाले सरकारी निवासमा शनिवार विभिन्न व्यक्तिसँग भेटवार्ता गर्नुभएको छ ।

शनिवार विहानै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसग भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाले दिउसो वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभयो । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखेरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि उहाले भेटवार्ता गर्नुभयो ।

अपरान्ह भने उहाले महासचिव विष्णु पौडेल, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला प्रमुख डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग सामुहिक रुपमा छलफल गर्नुभएको छ ।