प्रधानमन्त्री ओलीद्वारा चिकित्सकप्रति कृतज्ञता व्यक्त : पिताबाट आशिर्वाद लिनुभयो – Himalayan Dainik

प्रधानमन्त्री ओलीद्वारा चिकित्सकप्रति कृतज्ञता व्यक्त : पिताबाट आशिर्वाद लिनुभयो


प्रधानमन्त्री ओलीद्वारा चिकित्सकप्रति कृतज्ञता व्यक्त : पिताबाट आशिर्वाद लिनुभयो

काठमाडौँ, ३० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो पटक गरिएको मिर्गौला सफलतापूर्व प्रत्यारोपण गर्नुहुने चिकित्सकहरु प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

त्रि.वि. शिक्षण अस्पतालबाट आज साँझ डिस्चार्ज भएपछि उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै बाह्र दिनसम्मको अस्पताल बसाई तथा आफ्नो उपचारमा विशेष भूमिका निर्वाह गर्नुहुनेहरु प्रति आभार प्रकट गर्नुभएको हो ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरात्रिविएर घर फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासमा भने झण्डै नौ दशक पार गरेका आफ्नै पिता मोहनप्रसाद ओलीले स्वागत गर्नु भएको छ । त्यस्तै उहाँले आफु स्वस्थ भएर आएकोमा आफ्नो पिताबाट आशिर्वाद समेत लिनुभएको छ ।