कोरोना भाइरसका कारण भारतमा एकको मृत्यु – Himalayan Dainik

कोरोना भाइरसका कारण भारतमा एकको मृत्यु


कोरोना भाइरसका कारण भारतमा एकको मृत्यु

काठमाडौँ, ३० फागुन – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ ।

भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण मृत्यु भएको भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।

साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयाे । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।