कोरोनाबाट जोगिन यी हुन १९ निर्णय (सूचीसहित) – Himalayan Dainik

कोरोनाबाट जोगिन यी हुन १९ निर्णय (सूचीसहित)


कोरोनाबाट जोगिन यी हुन १९ निर्णय (सूचीसहित)

काठमाडौं, फागुन ३० । सरकारले कोरोनाको संक्रमणबाट जोगिनका निम्ति विभिन्न १९ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार साँझ बसेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालमा कोरोना आउन नदिन श्रम स्वीकृत रोक्ने देखि नागरिकलाइ फिल्म हेर्न नजानु भन्नेसम्मको निर्देशन दिने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ भने अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ । यस्तै बैठकले फिल्म हल, सभा सम्मलेन लगायतका नाममा धेरै मान्छे जम्मा हुने भिडभाडमा नजान निर्देशन समेत दिएको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तै प्रकारका १९ वटा निर्णय लिएको छ ।