सबैदेशको श्रम स्विकृति अनिश्चितकालका लागि रोकियो – Himalayan Dainik

सबैदेशको श्रम स्विकृति अनिश्चितकालका लागि रोकियो


सबैदेशको श्रम स्विकृति अनिश्चितकालका लागि रोकियो

काठमाडौं,  ३० फागुन – सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नेपालमा भित्रन नदिन श्रम स्विकृति रोक्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि श्रम स्विकृति रोकेको हो । यसअघि कतारको मात्र श्रम स्विकृति रोक्का भएको थियो ।

सरकारी निर्णयसँगै विदेशमा काम गरेर नेपाल फर्किएका तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेकाहरु मारमा पर्नेछन् । यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

यसैगरी सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२०सम्मका लागि स्थगित गरिएको छ ।