कुवेतको हवाई सेवा बन्द – Himalayan Dainik

कुवेतको हवाई सेवा बन्द


कुवेतको हवाई सेवा बन्द

काठमाडौँ, २९ फागुन – कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । कोरोना भाइरसका कारण शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भाेलिबाट बन्द रहनेछन् ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।