दोलखाका वन अधिकृत २ लाख घुससहित पक्राउ – Himalayan Dainik

दोलखाका वन अधिकृत २ लाख घुससहित पक्राउ


दोलखाका वन अधिकृत २ लाख घुससहित पक्राउ

भक्तपुर, २९ फागुन  – जिल्ला वन कार्यालय दोलखाका वन अधिकृत भक्तपुरबाट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले अधिकृत सन्तमाया श्रेष्ठलाई पक्राउ गरेको हो ।

भक्तपुरको गठ्ठाघरबाट श्रेष्ठलाई बिहीबार साँझ घुसको रकमसहित पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । दोलखाबाट काठमाडौं आइरहेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले २ लाख ३ हजार नगदसहितनियन्त्रणमा लिएको हो । उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सवार रहेको अख्तियार स्रोतले बताएको छ ।