मिर्गौला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार – Himalayan Dainik

मिर्गौला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार


मिर्गौला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं, २९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपछि गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य देखिएको छ । त्रिबि शिक्षण अस्पतालले भर्खरै बिज्ञप्तीमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र प्रत्यारोपणपछि गरिएको सवै परीक्षणको रिपोर्ट सामान्य रहेको जानकारी गराएको हो ।

त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको सवै रिपोर्टहरु सामान्य रहेको बताउनु भयो । ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिर्गाैला प्रत्यारोपण गरिएको आज नवौं दिन, उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको छ । उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको छ । परिक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेका छन । साथै उहाँको भाइटल तथा ल्याव सूचकहरु पनि राम्रो अवस्थामा छन, उहाँले नियमित आधार लिइरहनु भएको छ,’ कार्यकारी निर्देशक खड्गाले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो बुधवार मिर्गाैला प्रत्यारोपण गरिएको थियो । उहाँलाई मिर्गाैला दिने भाञ्जी समिक्षा संग्रौंला हिजो बुधवार नै डिष्चार्ज हुनुभएको छ ।