मिगौला दाता समिक्षासँग प्रधानमन्त्री ओलीबीच भावुक सम्वाद – Himalayan Dainik

मिगौला दाता समिक्षासँग प्रधानमन्त्री ओलीबीच भावुक सम्वाद


मिगौला दाता समिक्षासँग प्रधानमन्त्री ओलीबीच  भावुक सम्वाद

काठमाडौँ, २९ फागुन – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिकित्सकपछि भिजिटरको रुपमा पहिलो भेट गर्ने ब्यक्ति मिर्गौला दाता भान्जी समीक्षा संग्रौला हुनुभएको छ ।

भेटमा उहाँहरुबीच निकै मार्मिक संवाद भएको छ । प्रधानमन्त्री ओली र भाञ्जी समिक्षबीच करिव २ मिनेट कुराकानी भएको प्रधानमनत्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । भान्जी समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे सोधखोज गर्नुभएको थियो ।

‘मामा हजुरलाई कस्तो छ ?’ प्रधानमन्त्री ओलीसँग समीक्षाको चासो थियो । जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई ठिकै छ, तिमीलाई कस्तो छ ?’ भनेर जिज्ञासा राख्नुभएको छ । समीक्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभएको छ । ‘तीमिलाई धेरैधेरै धन्यावाद । आफ्नो स्वास्थ्यको ख्याल गर्नु,’ प्रधानमन्त्रीको भनाई थियो । समिक्षालाई आजै डिष्चार्ज गरिसकिएको छ ।