जनताको जीवनमा सकारात्मक प्रभाव नपारे लुम्बिनीको अर्थ रहँदैन : मन्त्री भट्टराई – Himalayan Dainik

जनताको जीवनमा सकारात्मक प्रभाव नपारे लुम्बिनीको अर्थ रहँदैन : मन्त्री भट्टराई


जनताको जीवनमा सकारात्मक प्रभाव नपारे लुम्बिनीको अर्थ रहँदैन : मन्त्री भट्टराई

काठमाडौँ, २८ फागुन – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् ।

लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए ।

उनले भने, “बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ । त्यहाँका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरूको उत्पादन बढ्दैन, उनीहरूले रोजगारी पाउँदैनन् र कुनै पनि आर्थिक क्रियाकलाप उहाँहरूसँग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन । स्थानीयले अपनत्व गर्न सक्दैनन्,” ।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा वृद्धि गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरू आफूले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उनले बताए ।