दृष्टि नेपालको कार्यालय हात्तीगौडामा दुईदिने प्रदर्शनी संपन्न – Himalayan Dainik

दृष्टि नेपालको कार्यालय हात्तीगौडामा दुईदिने प्रदर्शनी संपन्न


दृष्टि नेपालको कार्यालय हात्तीगौडामा  दुईदिने प्रदर्शनी संपन्न

काठमाडौँ,२८ फागुन – महिलाले उत्पादन गरेका विभिन्न सामाग्रीको प्रदर्शनीको आयोजना गरिएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर दृष्टि नेपालको कार्यालय हात्तीगौडामा आयोजित दुईदिने प्रदर्शनी एवं विक्री कक्षमा हातले बुनेका, सिलाएका सामाग्रीदेखि विभिन्न डिजाइनका पहिरन समेत राखिएको थियो ।

महिलाले आत्मनिर्भर हुने प्रयास स्वरुप उत्पादन गरेका सामग्री विक्रीका लागि आब्हान गरेर दिवस अर्थ उपार्जनसँग जोडिदै अगाडि बढ्न प्रेरित गरिएको दृष्टि नेपालका संस्थापक परिना लिम्बुले जानकारी दिनुभयो । उहाँले महिलामाथि हिंसा हुने प्रमुख कारणमध्ये आर्थिक रुपमा परनिर्भरता पनि हो भन्नुहुदै विस्तार सिप, शिक्षा आर्जन गर्दै महिला अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।

बुट्टेदार चुरा, पोते, ह्याण्ड व्याण्ड, मास्क, व्याग, कपडा र खानाका विभिन्न परिकार बनाएर प्रदर्शनीमा राखिएको थियो । अरुको भरमा नबाँची आफु सक्षम हुनलाई यस्ता क्रियाकलापले सहयोग र प्रेरणा दिने प्रदर्शनीमा सामाग्री खरिद गर्न पुग्नुभएकी गीता राणाले बताउनुभयो ।

सन् २००६ मा स्थापना भएको दृष्टि नेपालले लागुऔषध प्रयोगकर्ता महिलालाई एचआइभी सङ्क्रणबाट बच्न र सङ्क्रमण भईसकेकाको जीवन लम्व्याउन सकिने उपाय, स्वास्थ्य सल्लाह ‘क्षति न्युनिकरण’ कार्यक्रम अन्तरगत सेवा प्रदान गर्दै आएको संस्थाका कार्यक्रम संयोजक निलम राइले जानकारी दिनुभयो । साथै नेतृत्व विकास, महिला सशक्तिरणका लागि किशोरीहरुलाई विभिन्न तालिमको आयोजना पनि गरिदै आएको छ ।