होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन – Himalayan Dainik

होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन


होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन

भक्तपुर, २६ फागुन –फागु पूर्णिमाको अवसरमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी चौरमा आज खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । होली पर्वलाई उल्लासमय बनाउन भक्तपुर जिल्ला खेलकुद विकास समिति भक्तपुरले यहाँ सद्भावपूर्ण होली खेल्दै तेक्वाण्डो खेल प्रर्दशन समेत गरेको छ ।

सल्लाघारी तेक्वाण्डो डोजाङ्गबाट १५० जना तेक्वाण्डो खेलाडी सहभागि रहेको खेल प्रर्दशनमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई वागमति प्रदेशका खेलकुद विकास समितिका कोषाध्यक्ष किरण थापाले पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै खेलाडीहरुलाई होलीको टिसर्ट एवं तेक्वाण्डो पोशाक समेत वितरण गरिएको समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।