कोरोना संक्रमकसँग नजिक सम्पर्कमा आएको पत्ता लगाउने बन्यो मोबाइल एप – Himalayan Dainik

कोरोना संक्रमकसँग नजिक सम्पर्कमा आएको पत्ता लगाउने बन्यो मोबाइल एप


कोरोना संक्रमकसँग नजिक सम्पर्कमा आएको पत्ता लगाउने बन्यो मोबाइल एप

एजेन्सी, १६ फागुन – कोरोनका कुनैपनि संक्रमितसँग नजिकी संम्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भाइरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने बताइएको छ ।

यसमा कोरोना भाइरस लागेको पक्का भएको वा शंका गरिएका व्यक्तिको नजिकमा आउनासाथै एपले खबर गर्नेछ । हाल कोरोनाको लक्षण भएका वा भाइरस पहिचान भएका मानिसहरुलाई घरैमा बस्न वा स्थानीय स्वास्थ्य अधिकारीहरुलाई तत्कालै जानकारी गराउन सुझाव दिइएको छ । यस प्रविधिले भने नागरिकहरुमाथि चिनियाँ सरकारको कडा निगरानीतर्फ पनि केन्द्रित गराएको छ । किनकी सो एपकालागि तिनै डाटाहरु प्रयोग गरिनेछ ।

यसलाई प्रयोग गर्न, अलिपे, विच्याट लगायतका पेमेन्ट एपहरु मार्फत आफ्नो फोनमा क्यु आर कोड स्क्यान गराउनुपर्ने हुन्छ । यसपछि एपमा फोन नम्बर मार्फत रेजिस्टर गराइ प्रयोगकर्ताहरुलाई आफ्नो नाम र आइडी नम्बर पनि राख्न लगाइन्छ । यो एप चिनियाँ सरकार र चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कोर्पोरेसनको सहकार्यमा निर्माण गरिएको हो जसका डाटा भने राष्ट्रिय स्वास्थ्य तथा यातायात निकायबाट प्राप्त गरिनेछ । चीनले सिसिटिभी र फेसियल रिकग्निसन मार्फत आफ्ना जनतालाई नजिकबाट निगरानी गर्ने गरेको छ जसकै आधारमा एप सञ्चालन हुने बताइएको छ ।