प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रिपति सीद्वारा स्वास्थ्य लाभको कामना – Himalayan Dainik

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रिपति सीद्वारा स्वास्थ्य लाभको कामना


प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रिपति सीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौँ, २४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज एक सन्देश पठाउँदै चीनका राष्टिपति सीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनले व्यक्तिगत र चिनियाँ नागरिक दुवैको तर्फबाट स्वास्थ चाँडै सुधार हाेस् भनेर सन्देश पठाएका छन ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताइन् ।प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिइकी थिइन् । उनको स्थास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूको भनाइ छ ।