अडियो प्रकरणमा अख्तियारले तुरुन्त छानबिन अघि बढाओस् – Himalayan Dainik

अडियो प्रकरणमा अख्तियारले तुरुन्त छानबिन अघि बढाओस्


अडियो प्रकरणमा अख्तियारले तुरुन्त छानबिन अघि बढाओस्

काठमाडौं,९ फागुन – सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको भ्रस्टाचार आर्थिक अनियमितताको अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीलाई जोडेर आएको अडियो बारेमा छानबिन गर्ने निकाय आयोग नै हो । अडियो सार्वजनिक भए लगतै मन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुभयो जुन अन्यन्तै उचित निर्णय थियो ।  राजीनामा दिँदै गर्दा उहाँले अडियोको यथार्थता छानबिन गरि सार्वजनिक गर्न पनि आग्रह गर्नुभएको छ । त्यसमा आफूले पूर्ण सहयोग गर्ने पनि बताउनुभएको छ । त्यसैले यसलाई निरन्तर उचालेर मन्त्री बाँस्कोटाको सार्वजनिक छविमाथि हिलो फयाक्नुभन्दा पहिला त्यसको सत्य तथ्य बाहिर ल्याउनुचाहिँ महत्वपूर्ण हो । भोलि यदि बाँस्कोटा गलत ठहरिएमा उनले कानून बमोजिम सजाय पाउने नै छन् तर एउटा दलाल व्यापारीसँग भएको भनिएको अडियो कै आधारमा बाँस्कोटा विरुद्धको आरोप प्रमाणित हुँदैन ।

स्वयं बाँस्कोटाले भन्नुभएको छ विभिन्न खालका व्यापारिक र कमिशन एजेन्टहरू विभिन्न प्रलोभन लिएर आएका र तिनीहरूलाई विभिन्न ढंगले निरूत्साहित समेत गरिएको छ । त्यस क्रममा कसै कसैलाई उनीहरूको यथार्थ परीक्षण गर्न पनि भिन्न ढंगले प्रस्तुत भएको हुन सक्छ । यो अडियो प्रकरण कुनै आर्थिक कारोबार होइन यसमा पैसाको लेनदेन कतै भएको छैन । जब आर्थिक लेनदेन नै भएको छैन, आर्थिक कारोबार नै भएको छैन भने यसमा कसरी बाँस्कोटा विरुद्धको आरोप प्रमाणित हुन्छ ? यो पहिला त नैतिक प्रश्न थियो जसको च्याप्टर अहिले क्लोज भएको छ । अब भने अख्तियार लगायत सम्बन्धीत निकायले छानबिन अगाडि बढाउनुपर्छ र यथार्थता बाहिर सार्वजनिक गर्नुपर्दछ ।