पूर्व राजा रानी बाट भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन – Himalayan Dainik

पूर्व राजा रानी बाट भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन


पूर्व राजा रानी बाट भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

भारत,९ फागुन – राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट  बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गर्नुभएको छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेका थिए।

साे समयमा अधिराजकुमारी शोभा शाह र कुमार मोहन बहादुर शाही पनि स्वर्ण मन्दिर दर्शनमा सहभागी थिए। करिब दुई साताका लागि भारत प्रस्थान गर राजा अमृतसरबाट शनिबार दिल्ली फर्कने बताइएको छ । दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी गत आइतबार विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी भएको थियाे । करिब दुई साता भारतको बसाईपछि राजा रानी नेपाल फर्किने कार्यक्रम रहेको छ ।

राजा दिल्लीमा बस्दा राजनीतिक भेटघाटसमेत गर्ने खबर रहेकाे छ । नेपालको वामपन्थी सरकार उत्तरी छिमेक र यूराेप सँग ढल्किएको भारतको बुझाइका बिच राजाको भ्रमणलाई राजनीतकवृत्तमा अर्थपूर्ण मानेका छन् ।