धादिङका ग्रामिण सडकहरुमा आलोपालोमा बस चलाउने सहमति – Himalayan Dainik

धादिङका ग्रामिण सडकहरुमा आलोपालोमा बस चलाउने सहमति


धादिङका ग्रामिण सडकहरुमा आलोपालोमा बस चलाउने सहमति

धादिङ, २४ माघ – धादिङबेसीबाट ग्रामिण सडकहरुमा चल्ने बसहरु आलोपालोमा चलाउने यातायात व्यवसायीहरुले सहमति गरेका छन् ।

मण्डली यात्रायात धादिङका अध्यक्ष शरद अधिकारीको समन्वयमा मंगलबार बसेको बैठकले ग्रामिण क्षेत्रमा बस संचालन गरि रहेका मण्डली यातायात, ग्रामिण यातायात र संयुक्त यातायातबाट चल्ने बसहरुलाई आलो पालोमा क्यु डायल मिलायर चलाउने सहमति गरेको हो ।

कच्चिसडकमा अनावश्यक प्रतिश्पर्धा हुने गरेको यात्रुहरुबाट गुनासो आई रहेको र आलो पालोमा मिलेर बस चलाउँदा व्यवसायीक हित र दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने हुँदा ४ वटा वटा समिति बीच सहमति गरिएको मण्डली यातायातका अध्यक्ष अधिकारीले धादिङपोष्टलाई बताए ।

धादिङमा एसि बस संचालनको सुरुवात गरेको धादिङ मण्डलि यातायातले सबै यातायात ब्यबसायिलाई एकता बद्ध हुने बाटो तयार गरि व्यवसायीक एकतामा र अस्वस्थ प्रतिस्पर्धाको अन्त्यको सुरुवात गरेको समेत अध्यक्ष अधिकारीले बताए ।