ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध ११ करोड २० लाख बिगो मागदाबी – Himalayan Dainik

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध ११ करोड २० लाख बिगो मागदाबी


ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध ११ करोड २० लाख बिगो मागदाबी

काठमाडौं,२२ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध अनियमितताको मुद्दा दायर गरेको छ। अख्तियारले ३ पूर्वमन्त्री र ३ पूर्वसचिवसहित गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको हो।

विशेष अदालत काठमाडौंका अनुसार अख्तियारले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध ११ करोड २० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको छ।

रियलस्टेटमा समेत लगानी गरेका गुरुङको बालुवाटार जग्गा हिनामिना प्रकरणमा पनि संलग्नता देखिएपछि अख्तियारले मुद्दा दायर गरेको छ।

अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसहित पूर्वसचिवहरुलगायत १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।