होमस्टे कर्जा भक्तपुरबाट कार्यान्वयनमा – Himalayan Dainik

होमस्टे कर्जा भक्तपुरबाट कार्यान्वयनमा


होमस्टे कर्जा भक्तपुरबाट कार्यान्वयनमा

भक्तपुर,२२ माघ – होमस्टे घरबास नेपाल र कृषि बिकास बैंक विच सम्पन्न सम्झौता बमोजिम होमस्टेहरुलाई वित्तिय तथा सामाजिक, सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सहुलियत कर्जा, भक्तपुरबाट औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

कृषि विकास बैंक दुधपाटी भक्तपुर शाखामा होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) का कोषाध्यक्ष सुरज बास्तोला र बैंकका शाखा प्रमुख रघुनाथ जोशीले नगरकोट सामुदायिक होमस्टेका ३ युनिट होमस्टेहरुलाई महिला लक्ष्यित (होमस्टे कर्जा) प्रदान गदै सहुलियत कर्जा, कार्यान्वयनको शुभारम्भ गर्नु भएको हो ।

गत पुस २ गते कृषि विकास बैंक लि. र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) विच वित्तिय तथा सामाजिक, सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होसानका अध्यक्ष केशव प्रसाद बडालले सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार कृषि विकास बैंकले होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) को सिफारिसमा २० लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने भनिएको थियो ।

सहुलियत कर्जामा होसानमा आवद्ध देशभरका होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउनुका साथै बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमा सहयोग गर्ने छ ।