नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको चर्चित १८ निर्णय – Himalayan Dainik

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको चर्चित १८ निर्णय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको चर्चित १८ निर्णय

काठमाडौं,२० माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक १८ ओटा निर्णय गर्दै सम्पन्न भएको छ । आइतवार सम्पन्न बैठकले पार्टीलाई एकढिक्का पार्ने १८ ओटा निर्णय गरेको हो ।

यी हुन निर्णय

१. राजनीतिक र साङ्गठानिक प्रतिवेदन सर्वसम्मत पारित ।
२. विधान सम्शोधन प्रस्ताव पारित ।
३. आगामी दिनमा विधान बमोजिम पार्टी बैठक गरिने ।
४. वामदेव गौतम उपाध्यक्षमा चयन ।
५. १५ दिनभित्र पार्टी एकताका बाकी काम सक्ने ।
६.एमसिसि अध्ययन तथा सुझावका लागि बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेका तीन सदस्यीय कार्यदल गठन ।
७. पार्टी र सरकारबीच समन्वय गर्न सन्यन्त्र गठन गर्ने ।
८. सदस्यता शुल्क कम गर्ने ।
९. साम्सद लेवी १२ हजार गर्ने ।
१०. पार्टी कार्यक्रममा अध्यक्षका फोटा नराख्ने तर मार्क्स, एंगेल्स र लेनिनका फोटो राख्ने ।
११. आचार सम्हिता परिमार्जन गर्ने ।
१२. एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था गर्ने ।
१३. नेताहरूको सम्पत्ति विवरण लिन र छानविन गर्न अनुशासन आयोगलाई जिम्मा दिने ।
१४. अधिवेशनबाट पार्टी बहुपदीयमा जाने ।
१५. देशको नयाँ नक्सा निकाल्न सरकारलाई निर्देशन दिने ।
१६. तीन महिने विशेष अभियान सन्चालन गर्ने ।
१७. बल्खुमा पार्टी कार्यालय निर्माण गर्ने ।
१८. ११ बुँदे समसामयिक प्रस्ताव पारित ।