प्रशान्त तामाङ पुन: नेपाली फिल्ममा आउदै – Himalayan Dainik

प्रशान्त तामाङ पुन: नेपाली फिल्ममा आउदै


प्रशान्त तामाङ पुन: नेपाली फिल्ममा आउदै

काठमाडौँ, १९ माघ  – इन्डियन आइडलको बिजेता प्रशान्त तामाङ फेरि नेपाली फिल्ममा आउने भएका छन् ।

मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘गोर्खा वारीयर’मा उनी मुख्य भूमिकामादेखीने भएका छन । निर्देशक चाम्सका अनुसार उक्त फिल्म नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको साहसिक कार्यलाई पर्दामा देखाउन फिल्म बन्न लागेको हो।

फिल्ममा प्रशान्तको अलवा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने भएको छ ।