एमसीसीमा सैन्य शब्द नरहेकाले स्याल हुइयाँ नमच्चाउन : मन्त्री बास्कोटाको आग्रह – Himalayan Dainik

एमसीसीमा सैन्य शब्द नरहेकाले स्याल हुइयाँ नमच्चाउन : मन्त्री बास्कोटाको आग्रह


एमसीसीमा सैन्य शब्द नरहेकाले स्याल हुइयाँ नमच्चाउन : मन्त्री बास्कोटाको आग्रह

काठमाडौं,  १६ माघसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा सैन्य गठबन्धन जोडिएको भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको बताउनु भएको छ । उहाले सम्झौताको कुनैपनि बुँदामा सैन्य शब्द नभएको बताउनु भयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले एमसीसीमा सैन्य गठबन्धन नजोडिएको दाबी गर्दै स्याल हुइया नगर्न आग्रह गर्नुभयो । ‘एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ’,उहाले भन्नुभयो । सरकारका प्रवक्ता बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याउनु भयो ।

उहाले एमसीसी र बीआरआई सम्बन्धित मुलुकले हितको कुरा भएको बताउँदै आफूहरु व्याख्यता नरहेको बताउनु भयो । ‘हामी कसैको सैन्यगठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ। हामी हाम्रो स्वार्थको व्याख्यता हो’, उहाको भनाई थियो ।