सूर्यविनायक नगरपालिका कटुन्जेमा सेवाग्राहीमैत्री, अत्याधुनिक भवन निर्माण गर्दै – Himalayan Dainik

सूर्यविनायक नगरपालिका कटुन्जेमा सेवाग्राहीमैत्री, अत्याधुनिक भवन निर्माण गर्दै

सूर्यविनायक नगरपालिका कटुन्जेमा सेवाग्राहीमैत्री, अत्याधुनिक भवन निर्माण गर्दै

भक्तपुर,१६ माघ – सूर्यविनायक नगरपालिकाले आगामी दुई वर्षभित्रमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।

नगरप्रमुख थापाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको बताए ।

कटुन्जे निर्माण हुने भवन ६ रोपनी ११ आना जग्गा रहेको छ । ८ हजार ८ सय १० वर्गफिट क्षेत्रफल ओगट्ने भवन चार तल्ला आधाको हुनेछ । २ सय १० जना क्षमता भएको सभा हल र ८० जना क्षमता भएको बैठक हल र ४८ वटा कोठा भवनमा रहने प्रमुख थापाले जानकारी दिए ।

सो भवन पूर्णसेवाग्राही मैत्री हुनका साथै २ वटा लिफ्ट समेत हुनेछ । प्रशासन, बैठक हल, कार्याक्रम हल, शौचालय, स्तनपानकक्षलगायतका संरचना भवनमा हुनेछन् ।

उपत्यकामा पार्किङ्गको समस्या धेरै हुने भएकाले एक साथ १ सय सवारी साधन अण्डरग्राण्ड र अर्को तलामा पार्किङस्थल हुनेछ ।

भ्याली बाबुरत्न निर्माण सेवाले निर्माण गर्ने भवन अवधि २ वर्ष रहेको छ । सो भवनको कूल लागत कर बाहेक २० करोड ४१ लाख रकम रहेको छ । हाल नगरपालिका टंकप्रसाद आर्याच स्मृति भवनमा भाडामा बस्दै आएको छ ।