अभिनेता खतिवडाको संयोजकत्वमा बालअपाड.ंमैत्री विद्यालयको निर्माण शुर – Himalayan Dainik

अभिनेता खतिवडाको संयोजकत्वमा बालअपाड.ंमैत्री विद्यालयको निर्माण शुर


अभिनेता खतिवडाको संयोजकत्वमा बालअपाड.ंमैत्री विद्यालयको निर्माण शुर

काठमाडौँ,३ माघ – भौतिक एवं शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त डोल्पा जिल्लाको सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाड.गता भएका बेसाहार बालबालिकाहरुका लागि अपाड।गमैत्री विद्यालय मुकुटेस्वर बाल विद्यालय निर्माण हुने भएको छ । हाल अपाड।गता भएका ३० जना भन्दा बढी बालबालिकाहरु रहेको मुकुटेस्वर सेवा आश्रमको केहि समय पहिले डोल्पा बाट प्रतिनिधित्व गर्ने पूर्व शान्ति मन्त्री तथा सासद सत्य पहाडी क्लब अध्यक्ष सरिता चन्द सहित नायक खतिवडा संंस्था को स्थलगत अबलोकन गरे पश्चात सो बालबालिका हरुको लागि ८ कोठाको भवन निर्माण हुन लागेको हो समाजसेवी,नायक, भिजिट २०२० का सद्धावना दुत तथा लाइन्स क्लब अफ इन्टरनेशन्ल न्यु वेभका भाइस प्रेसिडेन्ट संजय खतिवडाको यो समाज प्रतिको सेवाभाबको खुलेर प्रसंशा गर्नपर्ने बताउनु भयो । साथै राज्यले पनी सम्मानित गर्नुपर्छ भन्नुहुन्छ सांसद पहाडी ।

खतिवडासँगै क्लब को संयोजकत्वमा डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका दुनैमा करिब १ करोडको लगानिमा निर्माण सुरु हुनलागेको मुकुटेश्वर आभारभुत विद्यालयको निर्माण शिलन्यास भोलिदेखि शुरु हुँदै छ । डोल्पा जिल्लाका समाजसेवी अर्जुन बहादुर शाहलीले सो विद्यालय निर्माणका लागि २ रोपनी जग्गा उपलब्ध गराउनु भएको छ भने प्रदेश सरकार र लाइन्स कल्ब अफ न्यू वेभका ३९ जना सदस्यहरुको सहयोगमा ४ कोठा पठनपाठन, २ कोठा बस्न, २ कोठा भान्सा र शौचालयको लागि गरी ८ कोठाको भवन निर्माण शुरु भएको छ ।

नेपाली समाजमा समाजसेवा मात्रै होइन,समाज नै परिर्वतन गर्नु पर्छ भत्रे सोचका साथ अगाडि बढ्नु भएका समाजसेवी तथा नायक खतिवडा भन्नुहुन्छ ठुलीभेरी नगरपालिका दुनैमा अन्त्यतै जिर्ण अवस्थामा रहेको सो विद्यालय निर्माण हुँदा त्यहाँका अपाड.गता भएका बालबालिकाहरु शिक्षा क्षेत्रबाट बन्चित नहोउन भन्ने उदेश्यका साथ कर्णालीका अधिकांश बालबालिकाहरुलाई समेत समेटेर आधारभुत देखि सेकेन्डरी लेभलसम्म शिक्षा प्रदान गर्ने बताउनु भयो ।

उक्त विद्यालय निर्माणका लागि पूर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीको पनि विशेष भुमिका रहेको बताउनु भयो । सिनेमाको कलाकार,सद्धावना दुत मात्रै नभई समाजसेवालाई पनी आफ्नो दायित्व हो भन्ने सोचका साथ अगाडि बढ्नु भएका समाजसेवी तथा नायक खतिवडा लाइन्स क्लब अफ न्यू वेभका भाइस प्रेसिडेन्ट समेत हुनुहुन्छ । क्लबका अध्यक्ष सरिता चन्द,फस्ट भाइस प्रेसिडेन्ट नारायण प्रसाद मैनाली,सेकेन्ड भाइस प्रेसिडेन्ट संजय खतिवडा,थर्ड भाइस प्रेसिडेन्ट प्रविन खड्का ,सचिप सूर्य प्रसाद दाहाल, कोषाध्यक्ष विजयकुमार शाह लगायत अन्य ३९ जना सदस्यहरुको सहयोग रहेको छ । लाइन्स क्लब अफ न्यू वेभले विभित्र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । कल्बले नेपाल सरकार वन मन्त्रालयसँग मिलेर विश्व वातावरण संरक्षणका निमित्त वृक्षारोपण समेत गर्दै आइरहेको छ ।

तेह्रथुममा जन्मिनु भएका अभिनेत खतिवडा हाल काठमाडौँको बुढानिलकण्ठमा स्थायी बसोबास गर्दै आउनु भएको छ । काठमाडौँम स्थायी बसोबास गर्नै भएतापति हरेक क्षेत्रलाई आफ्नै स्थानीय क्षेत्रका रुपमा हेर्नै हुँदा हाल भौतिक र शैक्षिक क्षेत्रबाट पछाडि परेको कर्णालीको डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिकामा बालअपाड.मैत्री विद्यालय निर्माणमा जुट्नु भएको छ ।