देशभर वर्षा, : यस्तो रहनेछ आगामी तीन दिनको मौसम – Himalayan Dainik

देशभर वर्षा, : यस्तो रहनेछ आगामी तीन दिनको मौसम


देशभर वर्षा, : यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौ, ३ माघ – देशभर सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार का बिहिबार साँझदेखि परेको वर्षा शुक्रबार सम्म नै जारी नै छ। यता उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन्। महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।

यस्तो छ महाशाखाले गरेको तीनदिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।