क्रिकेट मैदान निर्माणका लागि पैसा जुटाउन धुर्मुस सुन्तलीले गरे अर्को अभियानको घोषणा – Himalayan Dainik

क्रिकेट मैदान निर्माणका लागि पैसा जुटाउन धुर्मुस सुन्तलीले गरे अर्को अभियानको घोषणा


क्रिकेट मैदान निर्माणका लागि पैसा जुटाउन धुर्मुस सुन्तलीले गरे अर्को अभियानको घोषणा

काठमाडौं, २८ पुस – चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेका धुर्मुस सुन्तलीले त्यसका लागि पैसा जुटाउन अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि पैसा जुटाउन महायज्ञ गर्ने निर्णय गरेका हुन् । रंगशाला निर्माणका लािग दिनरात खटेका धुर्मुस सुन्तली फाउण्डेशनका अधिकारीहरुको अभियानका लागि प्रयाप्त वजेट जुट्न नसक्दा समस्या उत्पन्न हुने देखिएको छ ।

त्यसैले उनीहरुले बेलाबेलामा आर्थिक सहयोग संकलनका लागि नयाँ नयाँ अभियान अघि सारेका छन् । यस अघि रंगशाला निर्माण स्थलमै ठेला पसल सञ्चालन गरेका उनीहरुले अब फेरी रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागिएको धुर्मुस(सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन्।

‘माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ गर्न लागेको उनले बताएका छन् । तर कार्यक्रमको औपचारीक घोषणा भने भइनसकेको उनको भनाई छ । कट्टेलले भने, ‘महायज्ञबाट ५० करोड रुपैयाँ रकम संकलन हुने अपेक्षा छ।’ उनीहरुले महायज्ञका लागि बाचन पण्डित दिनबन्धु पोखरेललाई आह्रवान गर्ने बताएक छन् ।

महायज्ञ कसरी गर्ने भन्ने विषयमा पनि उनीहरुको योजना तयार भइसकेको छ । खेलाडीहरूबाट महायज्ञ उद्घाटन गर्ने हाम्रो तयारी छ,’ उनले भने। फाउण्डेशनले महायज्ञका लागि विजय सुवेदीलाई संयोजक छनौट गरेको छ । रंगशाला निर्माणमा खर्च जुटाउन भन्दै गत मंसिरमा धुर्मुस(सुन्तलीले ठेला पसल पनि खोलेका थिए। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र मस्म बेच्न राखिएका छन्।

रंगशाला निर्माणमा दुई सय जनाभन्दा धेरै कामदारले काम गरिरहेका छन्। गत वर्ष माघमा फाउण्डेसनले रंगशाला निर्माण घोषणा गरेर काम सुरु गरेको हो । भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विगाहा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको हो।

यो रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । यहाँ २५ हजारभन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ। रंगशाला निर्माणको घोषणा पछि विभिन्न समस्याका बावजुद दुई महिना बन्द भएको निर्माणको काम फेरी सुरु भएको हे । रंगशाला जाने वाटोका विषयमा स्थानियबासीन्दाले विरोध गरेपछि रंगशाला निर्माणको काम रोकिएको थियो । केही स्थानियले डोजर लगाएर रंगशालाको वार भत्काएका थिए । स्थानिय बासीन्दा र फाउण्डेशनको सहमति पति फेरी निर्माणको काम सुचारु भएको हो ।