प्रधानसेनापति थापा बंगलादेश प्रस्थान – Himalayan Dainik

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान


प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

काठमाडौँ, २७ पुस – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापा आइतबार ७ सदस्यीय भ्रमण दलका सदस्यसहित बंगलादेश प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । थापा नेपाली सेनाकै विमानमा बंगलादेश प्रस्थान गरेका हुन् । थापा बंगलादेशको औपचारिक भ्रमण सम्पन्‍न गरी माघ १ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।