राष्ट्रपति भण्डारीको शुभकामना सन्देश : राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्ने – Himalayan Dainik

राष्ट्रपति भण्डारीको शुभकामना सन्देश : राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्ने


राष्ट्रपति भण्डारीको शुभकामना सन्देश : राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्ने

काठमाडौँ,२७ पुस –

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुमामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

‘नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्नतः सफल भयो’, विज्ञप्तिमा भनिएको छ ।

साथै राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको जीवन्त दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यो ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।