शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची – Himalayan Dainik

शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची


शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची

काठमाडौं, २५ पुस – बिहीबार सूचना आयोगका पदाधिकारीलाई सपथग्रहण गराइसकेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्षद्वयसँग कुरा गर्न समय मागिन् ।

शिवमायाका १२ बुँदे योग्यता

तुम्बाहाम्फेले आफू सभामुख हुन के कति कारणले योग्य भनेर एक दर्जन बुँदासमेत सविस्तार सुनाइन् । म के कति कारणले सभामुख बन्न अयोग्य भन्दै उनले इतिहासदेखिकै आफ्नो भूमिका र संलग्नताका क्षेत्रबारे १२ वटा बुँदा पेश गरेको स्रोतले जनाएको छ ।
ती यसप्रकार छन् ।

१. २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी
२. अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष
३. युवा संघको केन्द्रीय जिम्मेवारी
४. अखिल नेपाल महिला संघको नेतृत्व गरेको
५. नेपालमा महिला आन्दोलन विषयमा पिएचडी
६. प्राज्ञिक र लेखन कार्यमा संलग्न
७. कानुन पढेको
८. विश्वविद्यालयमा अध्यापन गराएको
९. अभ्यासरत वकिल
१०. तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य
११. अनुसन्धानकर्ता (प्राज्ञिक)
१२. बहालवाला उपसभामुख