दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते – Himalayan Dainik

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते


दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्ली,२२ मंसिर – भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार बिहान भएको आगलागी मा परि उद्योगमा काम गर्ने ४३ मजदुरको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एलएनजेपी अस्पतालका निर्देशक किशोर सिंहले सञ्चार माध्यमलाई जनाएअनुसार धेरै मजदुरको मृत्यु आगोको झुँवामा निस्सासिएर भएको थियो । दिल्लीको दमकल विभागले जनाएअनुसार आगलागी बिहान ५ः२२ बजे देखि सुरु भएको थियो ।

झोला उद्योगमा ५९ जना मजदुर रहेको अनुमान गरिएको छ । अधिकांश मजदुर बिहारबाट आएका थिए ।

उद्योगमा स्कुल झोला, बोटल र अन्य कपडाजन्य सामाग्रीहरुको पनि स्टोर रहेको थियो । लत्ता कपडाका सामानहरु बढि भएको कारण आगलागी निकै छिटो भएको थियो । भित्रि क्षेत्रमा उद्योग रहेको कारण पनि आगलागी नियन्त्रणमा निकै समस्या भएको थियो ।

उद्योगमा १२ देखि १५ प्रकारका ठुला साना मेसिन रहेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीद्धारा दुःख व्यक्त

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाबारे लेख्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको काम गरेका छन् ।

केन्द्रिय गृहमन्त्री अमित शाहले घटनाबारे उचित कदम तत्काल चाल्न निर्देशन दिएका छन् । त्यस्तै घटनाप्रति दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धीलगायतले गहिरो दुःख व्यक्त गरेका छन् ।