भारती प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना – Himalayan Dainik

भारती प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना


भारती प्रधानमन्त्री  मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं,१५ मंसिर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा अोलीको स्वास्थ लाभको कामना गरेका छन ।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन्  ।

सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उनको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् । साथै उनले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।