बलात्कृत १२वर्षे बालिकाको उपचार खर्च सरकारले व्यहाेछ : मन्त्री थापा – Himalayan Dainik

बलात्कृत १२वर्षे बालिकाको उपचार खर्च सरकारले व्यहाेछ : मन्त्री थापा


बलात्कृत १२वर्षे बालिकाको उपचार खर्च सरकारले व्यहाेछ : मन्त्री थापा

काठमाडौं,२५ कात्तिक – महिला बालबािलका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षिया बालिकाको उपचार खर्च सरकारले व्यहाेर्ने बताउनुभएकाे छ ।

बलात्कारका कारणा गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएपछि मन्त्री थापाले उहाँकाे सम्पूर्ण उपचार खर्च सरकारले ब्यहाेर्ने बताउनुभएकाे हाे ।

‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहाेर्छ र बलात्कारीकाे पहिचान गरी कडा भन्दा कडा कार्ववाही हुनेछ’, थापाथली: स्थीत प्रसुतीगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भन्नुभयाे ।

बाैद्विक अपांगता भएकी अछाम रामाराेशनकी ती बालिका घाँसदाउरा काट्न गएकाे बेला जबर्जस्ती करणी परी गर्भ रहन गएकाे अाफ्न्तले बताएका छन् ।

कुकुरले टाेकेर सुई लगाउन अस्पताल लैजाँदा २ हप्ता अघि गर्भवती भएकाे थाहा भएपिछ थापाथली स्थित प्रसुती बालिकाको ५ महिनाको गर्भपतन गराएको थियोे ।

अस्तालकन निर्देशक डा जागेश्वर गाैतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनकाे गर्भपतन गराएको हाे ।
बालिकालाई केही समय अाराम गर्नुपरेकोले र मनाेपरामर्शकाे पनि अावश्यकता पर्ने भएकाले केही समय काठमाडाैंमै राखेर उपचार गरिने मन्त्री थापाकाे भनाई छ ।