२०७६ लाई महिला हिंसा विरूद्वको वर्ष घोषणा गरेका छोैं : मन्त्री थापा – Himalayan Dainik

२०७६ लाई महिला हिंसा विरूद्वको वर्ष घोषणा गरेका छोैं : मन्त्री थापा


२०७६ लाई महिला हिंसा विरूद्वको वर्ष घोषणा गरेका छोैं : मन्त्री थापा

काठमाडौँ, ३० असोज – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाली महिलाले हासिल गरेको उपलब्धीको श्रेय राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाले गरेको आन्दोलनलाई जाने बताउनुभएको छ ।


बेइजिङ्ग समिक्षाका लागि राष्ट्रिय सञ्जाल नेपाल –(एनएनवीएन) द्वारा विहीवार राजधानीमा आयोजित ‘बेईजिङ्ग प्लस २५ समिक्षा विषयक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो ।


चीनको राजधानी बेईजिङ्गमा २५ वर्षअगाडि भएको चौथो अन्तर्राष्ट्रिय महिला सम्मेलनले महिला विरूद्ध हुने हिंसालगायत सबै प्रकारका भेदभाव हटाउने विषयमा विश्वले रणनीतिक कार्ययोजनासहितको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।


विश्वभरका ८० हजार सर्वसाधारण महिलाको सहभागितामा सार्वजनिक उक्त कार्ययोजनाको कार्यान्वयनको सम्वन्धमा अहिले विश्वर बेईजिङ्ग प्लस २५ शीर्षकमा समिक्षा भईरहेको छ ।
सो सन्दर्भमा मन्त्री थममाया थापाले नेपालको संविधानको मौलिक हकमै समान अधिकारको बुँदा समावेश गरेर नेपालले महिलाको क्षेत्रमा काम गर्दा अत्यन्त राम्रो परिणाम निस्किएको छ भन्नुभयो ।


उहाँले स्थानीय तहको निर्वाचनबाट ४१ प्रतिसत महिला निर्वाचित हुनु र संसदीय निर्वाचनमा ३३ प्रतिसत महिलाले राजनीतिक क्षेत्रमा सहभागिता जनाउनु भनेको संविधानमै व्यवस्था गरिएकोले सम्भव भएको हो भन्नुभयो ।


त्यसैगरी नेपालले जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा यस वर्षदेखि मनाउन थालेको छ । साथै यस वर्षलाई महिला हिंसा विरूद्धको अभियानको रूपमा पनि वर्षभरी नै अभियान चलिरहेको छ– मन्त्री थापाले भन्नुभयो ।


कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सोही सम्मेलनले समानताको अभियान विश्वभर सञ्चालन गर्न उत्प्रेरित गरेको २५ वर्ष पुगेको अवसरमा नेपालले राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको आयोजना गरेर अभियानको समिक्षा गरिरहेको बताउनुभयो ।


उहाँले जिल्ला, प्रदेशस्तरमा पनि एकल महिला, दलित, यौनिक अल्पसङ्ख्यकलगायत सबै क्षेत्रलाई समेटिने गरी समिक्षात्मक कार्यक्रमको सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा सिड कमिटिका उपाध्यक्ष वन्दना राणाले समानताका सहयात्रीसँग भेट्ने मौका गोष्ठीले सृजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।


चौथो विश्व महिला सम्मेलनमा सहभागी हुँदाको अनुभव साट्दै उहाँले २५ वर्षको दौरानमा नेपालमा महिला अधिकारको क्षेत्रमा धेरै नै परिवर्तन आएको छ भन्नुभयो । साथै नेपालले त्यस अभियान सफल बनाउन प्रजनन स्वास्थ्य तथा अधिकार, यौन शिक्षाको सन्दर्भलगायतका विषयमा काम गर्न वाँकी छन् भन्नुयो ।


कार्यक्रममा महिला सशक्तिकरणमा योगदान पु¥याउनुभएका अधिकारकर्मी दुर्गा घिमिरे, विना प्रधान र अम्विका श्रेष्ठलाई सम्मान गरिएको थियो ।